अन्तर्राष्ट्रिय

अमेरिकी अनुसन्धानकर्ताको दाबीः कोरोनाको खोप परीक्षण सफल

Banner

एजेन्सी,चैत २१-

अमेरिकाको पेनसेलभेनिया राज्यस्थित पिट्सबर्ग विश्वविद्यालयले कोभिड–१९ को खोप परीक्षणमा सफलता मिलको दाबी गरेको छ। यूपीएमसी र पिट्सबर्ग विश्वविद्यालयको आपतकालीन चिकित्सा विभागका अध्यक्ष डोनाल्ड एम येलीले यूपीएमसी मोन्टेफियोरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएका हुन्।

पिट्सबर्ग युनिभर्सिटी अफ मेडिसिनका अन्वेषकहरूले जनावरमा गरेको परीक्षणमा प्रारम्भिक सफलता मिलेको जनाएका हुन्। पशुमा गरिएको परीक्षणबाट उक्त खोपले कोरोना भाइरसलाई निष्प्रभावित पार्ने दावी प्रतिवेदनमा छ। अनुसन्धानकर्ताहरूको निष्कर्ष ब्रिटिश मेडिकल जर्नल द ल्यान्सेटले ईबायोमेडिसिनमा सार्वजनिक गरेको हो।

मुसामा गरिएको परीक्षणको क्रममा खोपले सार्स–कोभ–२ विशिष्ट एन्टबडी रोग प्रतिरोधक उत्पादन गर्ने देखायो। जसलाई नयाँ कोरोनाभाइरस भनेर चिनिन्छ। विश्वविद्यालयका अन्वेषकहरूले मुसाको एन्टिबडी रोग प्रतिरोधकले भाइरसलाई निष्प्रभावी गर्न पर्याप्त रहेको जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>