अन्तर्राष्ट्रिय
कोरोनाले फ्रान्समा एकै दिन १३ सय बढीको मृत्यु
०

एजेन्सी,चैत २१-
कोरोना भाइरसको संक्रमणबाट फ्रान्समा एकैदिन १ हजार ३ सय ५५ जनाको मृत्यु भएको छ। एक दिनमा मृत्यु हुने संख्यामा यो अहिलेसम्मकै उच्च भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। यसअघि अमेरिकामा एक हजारभन्दा धेरैको मृत्यु भएको थियो ।
फ्रान्समा मृत्यु हुनेको संख्या ५ हजार ३ सय ८७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घन्टाभित्र फ्रान्समा २ हजार १ सय १६ जना संक्रमित थपिएका छन्। योसँगै संक्रमित हुनेको संख्या ५९ हजार नाघेको छ। फ्रान्सपछि सबैभन्दा धेरै अमेरिकामा ९ सय ६८ को मृयु भएको थियो भने इटालीमा ९ सय ६१ जनाको मृत्यु भएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























