नवलपुर
गैँडाकोटमा राष्ट्रिय युवासंघले छर्यो डिसइन्फेक्सन स्प्रे

चितवन,चैत २१-
राष्ट्रिय युवासंघ नेपाल नवलपुर जिल्ला कमिटिले गैँडाकोट नगरपालिकाकाका विभिन्न स्थानमा आज (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्केको छ । नगरपालिकाको वडा नम्बर १ र २ का भीडभाड हुने विभिन्न स्थानमा (डिसइन्फेक्सन स्प्रे) किटनासक औषधी छर्किएको हो । ईलाका प्रहरी कार्यालय गैँडाकोटको परिसरबाट किटनासक औषधी छर्न सुरु गरिएको राष्ट्रिय युवासंघ नेपाल नवलपुर जिल्ला कमिटि नवलपुरका संयोजक कृष्ण कंडेलले जानकारी दिए ।

उक्त कार्यको आज नेपाल कम्युनिष्ट पार्टिका नगर अध्यक्ष षडाानन्द लामिछाने र गैडाकोट नगरपालिका वडा नम्बर १ का अध्यक्ष हरिप्रसाद सापकोटाले शुभारम्भ गरेका हुन् । कोरोना भाइरसको संक्रमणलाई नगर क्षेत्र भित्र फैलिन नदिन किटनासक औषधी छर्न सुरु गरिएको युवासंघका संयोजक कंडेलले बताए । शुभारम्भ कार्यक्रममा बोल्दै नेकपा नगरकमिटि अध्यक्ष लामिछानेले नगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय, लगायत ठाउँहरुमा किटनासक औषधी छर्नुपर्नेमा जोड दिए । उनले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र सरकारले थालेको कोरोना रोकथाम र नियन्त्रणको अभियानमा सघाउन नगरबासीसँग आग्रह गरेका छन्।
त्यस्तै वडा अध्यक्ष सापकोटाले राष्ट्रिय युवासंघले गरेको डिसइन्फेक्सन स्प्रे छर्ने कार्य राम्रो भएको भन्दै संकटको बेला सबै एकजुट भएर काम गर्नुपर्ने बताए । कार्यक्रममा औषधी व्यवसायी संघ चितवनका सचिव तारा अधिकारी, युवानेताहरु देशबन्धु सिग्देल, रमेश ढकाल , थानेश्वर चालिसे समाजसेवी नेत्र पौडेल, सुजन पौडेल, सन्तोष वाग्ले, डोलराज गुरुङ, नरायण कंडेल, गोपाल लामिछाने लगाएतको सहभागीता रहेको थियो ।
























