शिक्षा
विद्यार्थीहरु तयार रहनुहोस्, लकडाउन खुलेलगत्तै एसइइ परीक्षा हुने

काठमाडौं, चैत २१–
सरकारले स्थगित गरिएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) लकडाउन खुलेलगत्तै संचालन हुने जनाएको छ । त्यसका लागि विद्यार्थीहरुलाई तयारी अवस्थामा रहन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता दीपक शर्माले लकडाउन सकिएलगत्तै सूचना सार्वजनिक गरिने जानकारी दिए । उनले भने–‘परीक्षाको तयारीमा रहेका विद्यार्थीले तनाव नलिई आफ्नो पाठ्यपुस्तक रिभिजन गर्नु होस् । अनावश्यक हल्लाको पछाडि नलाग्नोस् । सरकारको आधिकारिक धारणा उपयुक्त समयमा जारी हुनेछ ।’
सरकारले चैत ६ गतेदेखि तय भएको एसइइ परीक्षा चैत ५ गते साँझ स्थगित गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय परीक्षा बोर्डको रेकर्डअनुसार यो वर्ष ४ लाख ८२ हजार ७ सय ७ जनाले एसईई दिने तयारीमा छन् । देशभरिमा १ हजार ९ सय ९७ परीक्षा केन्द्र विस्तार गरिएका छन् । प्रश्नपत्र सबै केन्द्र नजिकको प्रहरी चौकीमा सुरक्षित गरी राखिएका छन् ।



























