समाज

ग्यासमा कालोबजारी गर्नेलाई वणिज्य विभागले २ लाख जरिवाना गर्‍यो

Banner

काठमाडौं,चैत २०-

ग्यासको कालोबजारी गरेको भन्दै काठमाडौंको एक ग्यास स्टोरलाई वणिज्य विभागले २ लाख रुपैयाँ जरिवाना गरेको छ । आधासिलिण्डर ग्यासलाई ८ सय रुपैयाँमा बिक्री गर्ने काठमाडौंको डल्लुमा रहेको ओम सरस्वती स्टोरलाई उक्त जरिवाना गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

आधा सिलिण्डर ग्यासको निगमले तोकेको मूल्य ६ सय ८७ रुपैयाँ ५० पैसा भए पनि उक्त स्टोरले ८ सयमा बिक्री गरेको भेटिएको विभागका सूचना अधिकारी दीपकराज पोख्रेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>