अन्तर्राष्ट्रिय

कोरोना भाइरसले अमेरिकामा ६६ लाख मानिस बेरोजगार

Banner

एजेन्सी,चैत २० –

अमेरिकामा बढ्दो कोरोना भाइरसको महामारीका कारण त्यहाँका ६६ लाख मानिस बेरोजगार बनेका छन्। गत साता यो संख्या ३३ लाख थियो। अमेरिकामा हालसम्म २ लाख १५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने पाँच हजार एक सय १३ जनाले ज्यान गुमाएका छन्। बिहीबार मात्र अमेरिकामा एक हजारभन्दा बढीले ज्यान गुमाएका थिए।

कनेक्टिकट प्रान्तका गर्भनर एन्ड्रियु कोमोले त्यहाँकी ६ हप्ते शिशुको ज्यान गएको बताएका छन्। अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरको भएको बेलायती मिडिया बीबिसीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>