अन्तर्राष्ट्रिय
स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो
०

एजेन्सी,चैत २०-
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या स्पेनमा १० हजार नाघेको छ। बिहीबार दिउँसोसम्म स्पेनमा कोरोनाको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार तीन पुगेको छ भने १ लाख १० हजार २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।
चीनको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको महामारीले यतिबेला युरोप र अमेरिकामा भयावह रुप लिएको छ। अमेरिकामा हालसम्म २ लाख १५ हजार भन्दा बढी संक्रमित बनेका छन् भने ५ हजार १ सय १२ जनाको मृत्यु भएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























