अन्तर्राष्ट्रिय
कोरोना संक्रमणले विश्वविख्यात वैज्ञानिक गीता रामजीको निधन
०

एजेन्सी,चैत २०-
विश्वविख्यात वैज्ञानिक गीता रामजीको निधन भएको छ । कोरोना भाइरसबाट संक्रमित भएकी दक्षिण अफ्रिकी वैज्ञानिक रामजीको मंगलबार निधन भएको हो । एचआइभी संक्रमितको जीवन रक्षाका लागि आफ्नो अनुसन्धान केन्द्रित गरेकी रामजीको निधनले ठूलो नोक्सानी बेहोर्नु परेको युएनएड्सले जनाएको छ ।
उनले महिलालाई एचआइभीको संक्रमणबाट जोगाउने तथा उपचारमा पहुँच पु¥याउने अभियानका लागि आफ्नो अनुसन्धान केन्द्रित गरेकी थिइन् । उनको ६४ वर्षको उमेरमा निधन भएको हो । युएनएड्सकी प्रमुख विनी ब्यायनिमाले प्राध्यापक रामजीको निधन विश्वमा उनको आवश्यकता अधिक रहेका बेला भएको बताएकी छन् ।
विश्वमा सबैभन्दा धेरै एचआइभी संक्रमित भएको देश हो दक्षिण अफ्रिका । अहिले दक्षिण अफ्रिका कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि तीन हप्ते लकडाउनमा छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























