अन्तर्राष्ट्रिय
२४ घण्टामा ७६ हजार बढी कोरोना संक्रमित
०

काठमाडौं,चैत २०-
विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण हिजोको तुलनामा बढेको छ । वितेको २४ घण्टामा ७६ हजार ८ सय ३४ नयाँ संक्रमित फेला परेका छन् भने ४ हजार ८ सय ८३ जनाको मृत्यु भएको छ ।
हिजो ७३ हजार ६ सय १७ जना नयाँ संक्रमित फेला परेका थिए । त्यस्तै ४ हजार ५ सय ३५ जनाले ज्यान गुमाएका थिए । योसँगै कोरोना भाइरसको संक्रमण विश्वका २०३ देशका ९ लाख ३५ हजार १ सय ८९ नागरिकमा पुगेको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४७ हजार १ सय ९२ पुगेको छ ।
संक्रमितमध्ये १ लाख ९३ हजार ९ सय ८९ जनाले स्वास्थ्य उपचार गराई घर फर्केका छन् । अहिले ६ लाख ९४ हजार ८ जना विश्वका विभिन्न अस्पताल, आइशोलेसन, क्वारेन्टाइनमा उपचाररत छन् ।
जसमध्ये ३५ हजार ४ सय ७४ जनाको अवस्था गम्भीर छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























