Breaking News
कोरोना प्रभावः मौलाकालिका मन्दिरमा भक्तजनलाई पूजाआजा गर्न रोक

गैंडाकोट, चैत ८–
नवलपुरको गैंडाकोटस्थित प्रसिद्ध धार्मिकस्थल मौलाकालिका मन्दिरमा भक्तजनहरुलाई पूजाआजामा रोक लगाईएको छ ।
मौलाकालिका मन्दिर धार्मिक सेवा समितिले आज (शनिबार) एक सूचना जारी गर्दै भक्तजनहरुलाई पूजाआजामा रोक लगाएको हो । समितिका अध्यक्ष शालिग्राम सापकोटाले नारायणी अनलाइनसंगै कुरा गर्दै विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएकाले स्थानीय प्रशासनको आग्रहलाई पालना गर्दै भक्तजनका लागि पूजाआजामा रोक लगाईएको बताए । नारायणी अनलाइनसंग उनले भने–‘हाम्रो आन्तरिक नियमित नृत्यकर्म सधै हुन्छ, अन्यका लागि रोक लगाएको छौं ।’
उनले अवस्था सामान्य भएपछि सबै पूजापाठ खुला गरिने बताए । कोरोना भाइरसका कारण सरकारले २५ जना भन्दा बढी मानिसहरुको जमघट हुन नदिन निर्देशन दिएको छ । मौलाकालिका मन्दिरमा अन्य दिनको भन्दा शनिबार दर्शनार्थीको बढी भिडभाड लाग्ने गरेको छ ।
























