Breaking News

चितवनमा यसरी सुरु भयो कोरोना विशेष अस्पतालको सेवा (फोटोफिचर)

०
Banner

चितवन, चैत ७–

चितवनको भरतपुर–१० स्थित प्रदर्शनी केन्द्रमा स्थापना गरिएको कोरोना विशेष अस्पतालको आज (शुक्रबार)देखि औपचारिक रुपमा सेवा सुरु गरिएको छ ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन र व्यवस्थापनका लागि भरतपुर महानगरपालिकाको समन्वयमा अस्पताल स्थापना गरिएको हो ।

अस्पतालको आज एक कार्यक्रमकाबीच वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले मास्क, चिकित्सकका लागि उपकरणलगायतका सामग्री कोरोना अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीलाई प्रदान गर्दै सेवा प्रारम्भ गरिएको हो । सो क्रममा सामाजिक विकास मन्त्रालयले केही थान सामग्री अस्पताललाई हस्तान्तरण समेत गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>