Breaking News

चितवनमा यसरी सुरु भयो कोरोना विशेष अस्पतालको सेवा (फोटोफिचर)

Banner

चितवन, चैत ७–

चितवनको भरतपुर–१० स्थित प्रदर्शनी केन्द्रमा स्थापना गरिएको कोरोना विशेष अस्पतालको आज (शुक्रबार)देखि औपचारिक रुपमा सेवा सुरु गरिएको छ ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन र व्यवस्थापनका लागि भरतपुर महानगरपालिकाको समन्वयमा अस्पताल स्थापना गरिएको हो ।

अस्पतालको आज एक कार्यक्रमकाबीच वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले मास्क, चिकित्सकका लागि उपकरणलगायतका सामग्री कोरोना अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीलाई प्रदान गर्दै सेवा प्रारम्भ गरिएको हो । सो क्रममा सामाजिक विकास मन्त्रालयले केही थान सामग्री अस्पताललाई हस्तान्तरण समेत गरेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>