अन्तर्राष्ट्रिय

युरोपमा कोरोनाले एकैदिन ५०१ जनाको मृत्यु

Banner

काठमाडौं,चैत ३ –

चीनपछि युरोपमा महामारीको रूप लिइरहेको कोरोना भाइरसले युरोपेली युनियनमा आबद्ध इटली, स्पेन र फ्रान्समा एकैदिन ५ सय १ मानिसको ज्यान गएको छ । उच्च सतर्कताकै बीच इटली, स्पेन र फ्रान्समा कोरोनाले एकैदिनमा भएको यो अहिलेसम्मकै उच्च मृत्यु हो ।

बीबीसीका अनुसार, इटलीमा आइतबार ३ सय ६८ कोरोना संक्रमतिको ज्यान गएको छ । योसँगै इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९ पुगेको छ । आइतबारै ३ हजार ५ सय ९० नयाँ बिरामी थपिएका छन् । यहाँको कुल कोरोना संक्रमितको संख्या २४ हजार ७ सय ४७ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>