अन्तर्राष्ट्रिय
साउदी राजपरिवारका तीन जना पक्राउ
०

काठमाडौं, फागुन २४–
साउदी राजपरिवारका तीन उच्च सदस्यहरु पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजाका भाइ राजकुमार अहमद बिन अब्दुलाजिज, पूर्वराजकुमार मोहम्मद बिन नायेफ र भतिजा नवाफ बिन नायेफ छन् ।
राजाका भाइसहित तीन जनालाई शुक्रबार विहानै पक्राउ गरिएको न्यूयोर्क टाइम्सले जनाएको छ ।
राजपरिवारका शीर्ष सदस्यलाई पक्राउ गर्न युवराज (क्राउन प्रिन्स) मोहम्मद बिन सलमान (एमबिएस) ले निर्देशन दिएको बताइएको छ ।
पक्राउ परेका मध्ये दुई जना राजाको निकटका व्यक्ति हुन् । अनुहारमा मास्क लगाएर कालो लुगा लगाएका व्यक्तिहरुले उनीहरुलाई पक्राउ गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























