क्रिकेट
नेपाल र सिंगापुर बीचको खेल रद्द
०

काठमाडौं, फागुन २३-
थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन पुरुष टी-२० क्रिकेटमा आज हुने भनिएको नेपाल सिंगापुर बीचको खेल रद्द भएको छ ।
वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध भएको हो ।
खेल रोकिएसँगै सिंगापुर ७ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै प्रतियोगिताबाट एसिया कप छनोटमा पुगेको छ । अर्कोतर्फ एक खेल अगावै शीर्ष दुईको होडबाट बाहिरिएको नेपालले प्रतियोगितामा मात्र १ जित निकालेको छ । यसअघि नेपालले मलेसिया र हङकङसँग पराजित भएको थियो भने थाइल्यान्डलाई हराएको थियो ।
प्रतियोगितामा नेपाल, थाइल्यान्ड, मलेसिया, हङकङ र सिंगापुरको सहभागिता रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























