समाचार

कोरोनाको आशंका गरिएका एक नेपाली अस्पतालको झ्यालबाट हामफालेर फरार

Banner

काठमाडौँ, फागुन २२-

कोरोना भाइरसको आशंका गरिएका एक नेपाली शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुबाट फरार भएका छन् । कोरियाबाट आएका सुनसरी घर भएका एक युवा बुधबार अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए । उनी बुधबार राति ८ बजे नै झ्यालबाट हाम फालेर भागेको अस्पताल स्रोतले जनाएको छ ।

अस्पतालले प्रहरीलाई जानकारी गराएपछि उनको खोजी भइरहेपनि फेला पार्न नसकिएको बताइएको छ । अस्पताल स्रोतका अनुसार उनको रिपोर्ट आउन बाँकी रहेकाले कोरोना भए–नभएको पुष्टि भएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>