क्रिकेट

कोरोनाको त्रास : ईपीएल क्रिकेट स्थगित

Banner

काठमाडौं, फागुन २२–

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा एभरेष्ट प्रिमयर लिग (ईपीएल) टी–२० प्रतियोगिता रोकिएको छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिएपछि आयोजक ईपीएल प्रालीले प्रतियोगिता स्थगित गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कोरोना भाइरसको सन्त्रास नसकिएसम्मका लागि खेलकुद गतिविधि स्थगन गर्ने भएको हो ।

सरकारले सार्वजनिक स्थानमा, सभा सम्मेलन, धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्न निर्देशन जारी गरेपछि राखेपले पनि खेलकुद गतिविधि स्थगित गर्ने भएको हो ।

राजधानीमा अहिले शहिद स्मारक बी डिभिजन लिग भइरहेको छ भने राजधानीबाहिर विभिन्न फुटबल तथा भलिबलका प्रतियोगिताहरु भइरहेका छन् ।

ईपीएलमा नेपालका ६ शहरको नामबाट ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्दैछन्, जसमा साविक विजेता ललितपुर प्याट्रिओट्ससहित भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स ११, पोखरा राइनोज, विराटनगर वारियर्स र चितवन टाइगर्स छन् ।

यो पटक विश्व क्रिकेटका स्टारहरु क्रिस गेलसहित न्यूजिल्याण्डका कवरे एण्डरसन, वेष्ट इन्डिजकै ड्वाने स्मिथ र केसरिक विलयम्स, आयरल्याण्डका केभिन ओ ब्रायन र पउल स्ट्रलिङ, श्रीलंकाका उपल थरंगा, अफगानिस्तानका मोहमद शेहजाद जस्ता खेलाडीहरु नेपाल आउने पक्का भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>