शिक्षा
कोरोना भाइरसका कारण इटलीका सबै स्कुल १० दिन बन्द
०

एजेन्सी,फागुन २२-
कोरोना भाइरसको संक्रमण तीव्र भएपछि इटालीमा सबै स्कुल बन्द हुने भएको छ। स्कुलहरु बिहीबारदेखि १० दिनका लागि बन्द गर्ने निर्णय इटली सरकारले गरेको हो।
इटलीमा हालसम्म कोरोनाबाट १०७ जनाको मृत्यु भइसकेको छ भने ३ हजार जना संक्रमित भएका छन्। हालसम्म विश्वभर ३ हजार २ सय मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या ९० हजार पुगेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



























