समाज

अर्थमन्त्रीले भनेः कमाण्डरले फिर्ता आउ नभनेसम्म मुलुकका गरिबी,अभाव,अन्यायविरुद्ध लडिरहने छु

Banner

काठमाडौं,फागुन २१-

मंगलबार राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि अर्थमन्त्रीबाट राजीनामा दिएका डा. युवराज खतिवडा २४ घन्टा नबित्दै फेरि त्यही पदमा फर्किएका छन् । खतिवडाले अपराह्न सपथ लिए । लगत्तै सिंहदबारस्थित मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग छोटो कुराकानी गर्दै उनले आफूलाई योद्धाको रुपमा प्रस्तुत गरे ।

उनले भने, ‘बजेट निर्माण, आर्थिक नीतिहरु अगाडि बढाउने सन्दर्भमा विकास प्रशासन, सामाजिक न्याय, समानताको लडाइ लड्ने म एउटा योद्दा हुँ । योद्दा लडाइँमा त्यो बेलासम्म लडिरहन्छ, जुनबेलासम्म कमाण्डरले फर्किएर आउ भन्दैन वा युद्ध जित्दैन । मेरो कार्यकाल पनि त्यही हो, जबसम्म युद्ध जितिँदैन या कमाण्डरले फिर्ता आउ भन्दैन, तबसम्म मुलुकका गरिबी, अभाव, अन्यायविरुद्ध लडिरहने छु ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>