समाचार

मिस वर्ल्ड २०१९ टोनी भोलि नेपाल आउँदै

Banner

काठमाडौं, फागुन २१-

‘मिस वर्ल्ड’ २०१९ जमैकाकी टोनी एन सिंह नेपाल आउने भएकी छन् । सिंह तीनदिने भ्रमणका लागि बिहीबार नेपाल आउँदै छिन् । उनको भ्रमणमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी हुने मिस नेपाल आयोजक हिडन ट्रेजरले जनाएको छ ।

मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो ।

मिस नेपालको आयोजक संस्था हिडन ट्रेजरको समन्वयमा बिहीबार नेपाल आउने विश्वसुन्दरी टोनी शुक्रबार सिन्धुपाल्चोकको हेलम्बु जाने भएकी छन् ।

हिडन ट्रेजरले आफ्नो २५औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो । जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ ।

उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको हिडन ट्रेजरले जारी गरेको विज्ञप्तिमा छ । उनी अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>