देश/प्रदेश
भारतीय राजदूत क्वात्रा नेपाल आइपुगे
०

काठमाडौं, फागुन १८–
नवनियुक्त नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा नेपाल आइपुगेका छन् ।
आफ्नो कार्यभार सम्हाल्न नेपाल आएका क्वात्रा आज बिहान करिब ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।
उनलाई विमानस्थलमा काठमाडौंस्थित भारतीय दूतावासका डीसीएम अजय कुमारलगायतले स्वागत गरेका थिए । क्वात्रा यसअघि फ्रान्सका लागि भारतीय राजदूत थिए । फ्रान्सबाट फर्किएलगत्तै उनलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको राजदूत नियुक्त गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















