नवलपुर

नवलपुरमा ‘धानचरी गाउँ’ को घोषणा

Banner

नवलपुर, फागुन १७-

नवलपुरको देवचुली नगरपालिका–२ मा रहेको पुनर्वास टोलको नाम परिवर्तन गरिएको छ ।

ह्याप्पी गण्डकी एडभेञ्चर, वान संस्था, देवचुली जेसीज वर्ष २०२० लगायत स्थानीय तह र संघसंस्थाको आयोजनामा भएको कार्यक्रममा आज टोलको नाम पुनर्वास परिवर्तन गरि ‘धान चरी गाउँ’ नामाङन गरिएको हो ।

निम्न आयस्रोत भएका व्यक्तिको बसोबास रहेको उक्त गाउँमा नामसहित गाउँको आर्थिक परिवर्तनसँगै स्थानीयको दैनिकीमा समेत परिवर्तन ल्याउने गरी काम गरिने ‘धान चरी गाउँ’ अभियानका परियोजना प्रमुख सुवास बास्ताकोटीले जानकारी दिए । ‘हामी पुरानो गाउँ र पुरानो संस्कारलाई परिवर्तन गरी अघि बढ्ने अभियानमा छौं’, परियोजना प्रमुख वस्ताकोटीले भने । उनले आगामी दिनमा धानचरी गाउँमा विकासका धेरै योजना बनाएर अघि बढ्ने बताए । ३९ बढी संघसंस्थाको सहकार्यमा सञ्चालन गरिएको धान चरी गाउँमा आर्थिक विकासका स्रोतहरु खोज्ने, उक्त गाउँमा रहेका बालबालिकाको प्रतिभालाई प्रष्फुटन गरी समाजमा प्रतिभालाई उजागर गर्ने, गाउँमा कृषिका लागि विभिन्न योजनाहरु ल्याउने तथा माझी मुसहर समुदायको बाहुल्य रहेको उक्त गाउँका अधिकांश व्यक्तिहरु ज्यान जोखिममा राखेर नारायणी नदी किनारमा गई निहुरो टिप्ने समस्यालाई समाधान गर्न गाउँमै निहुरो खेती सञ्चालन गर्ने योजनामा समेत रहेको योजना प्रमुख वास्ताकोटीले बताए ।

‘धान चरी गाउँ’ नामाङकन गर्दे देवचुली नगरपालिकाका कार्यकारी प्रमुख विष्णुप्रसाद भुषालले नगरपालिका भित्र रहेको यस्ता बस्तीहरुको विकास र प्रवद्र्धनमा लागेको प्रति स्थानीय संघसंस्था तथा युवालाई धन्यवाद ज्ञापन गरे ।  कार्यक्रममा देवचुली नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष माधव केसीले वडामा रहेको विपन्न बस्तीमा सुधार तथा नयाँ योजना ल्याएको प्रति हर्ष व्यक्त गरे । उनले आगामी दिनमा यो योजनालाई वडाले पनि सहयोग गर्ने बताए । कार्यक्रमको बारेमा जानकारी दिँदै कार्यक्रमका संयोजक दिपेश कडरियाले ‘धानचरी गाउँ’ एउटा आफैमा परिवर्तनको सम्वाहक रहेकोले यसलाई निरन्तरता दिने बताए । ‘हामीले यो कार्यक्रम विपन्न बस्ती सुधारका लागि ल्याएको योजना हो । यसमा ह्याप्पी गण्डकी एडभेञ्चरसहित थप ३९ वटा संस्थाहरुको सहकार्य र सहयोगमा यो कार्यक्रम ल्याएका हौं ।’ संयोजक कडरियाले बताए ।

आयोजित कार्यक्रमको बारेमा जानकारी दिँदै देवचुली जेसीज वर्ष २०२० का अध्यक्ष हरि पोख्रेलका अनुसार यो कार्यक्रमामा देवचुली जेसीजले पनि आयोजकको रुपमा काम गरेको हुँदा यसको निरन्तरताका लागि काम गर्ने बताए । उनले यही कार्यक्रमबाटै हामीले गाउँको सुधार, गाउँमा आवश्यक पर्ने शिक्षा तथा जनचेतनाका कुराहरुलाई पनि सँगै लिएर जाने बताए । कार्यक्रममा प्रगतिनगर खानेपानी संस्थाका अध्यक्ष खिमानन्द भुषाल, दिव्यपुरी खानेपानी संस्थाका अध्यक्ष तिलप्रसाद पाठक, उपाध्यक्ष सुवासचन्द्र ओझालगायत सहभागी रहेक थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>