क्रिकेट
एसीसी इस्टर्न रिजनः नेपाल आज मलेसियासंग भिड्दै
०

काठमाडौं, फागुन १७–
एसिया कप छनौटको रुपमा रहेको एसीसी इस्टर्न रिजन टि२० क्रिकेट प्रतियोगिता आज (शनिबार)देखि थाइल्याण्डमा सुरु हुँदैछ । नेपालले आज (शनिबार) मलेसियासंग खेल्दै प्रतियोगितामा सुरुवात गर्दैछ ।
नेपालको खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजेपछि बैंककमा सुरु हुँदैछ । नेपालले आज विजयी सुरुवाती गर्दै प्रतियोगिताको दाबेदारी टोलीको रुपमा प्रस्तुत गर्न चाहन्छ । उता मलेसिया समेत नेपाललाई पूर्ण रुपमा टक्कर दिने ध्यानमा छ ।
यही प्रतियोगिताका लागि तयारी गरेको मलेसियाले हङकङसँगको पाँच टि ट्वान्टी सिरिज क्लिनस्विप गरेको थियो । जसका कारण मलेसियाको मनोबल उच्च रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























