देश/प्रदेश
धर्म परिर्वतन गराउने गिरोह सक्रिय : अध्यक्ष थापा
०

इटहरी, फागुन १६-
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाललाई हिन्दू राष्ट्र घोषणा गराउन राप्रपाले अहिले देशव्यापीरूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताएका छन ।
मिडिया नेपाल प्रदेश नं. १ समितिले आज सुनसरीको इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालमा अहिले धर्म परिर्वतन गराउने गिरोह सक्रिय भएर लागि परेको हुँदा यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिए ।
पार्टी अध्यक्ष थापाले सातै प्रदेशमा सङ्गठन विस्तारदेखि पार्टीभित्र देखिएका आन्तरिक कलहलाई हटाउनमा जोड दिएका छौं भन्दै पार्टी सुदृढीकरणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको बताए। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>






















