गण्डकी

गण्डकी विकास बैंकद्वारा फर्निचर सामग्री सहयोग

Banner

पोखरा, फागुन १४–

गण्डकी विकास बैंक लि.ले पोखराको एक विद्यालयलाई फर्निचर सामग्री सहयोग गरेको छ ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा महानगरपालिका वडा नं. ३१, बेगनास स्थित श्री आनन्द ज्योति माध्यमिक विद्यालयलाई फर्निचर सामग्रीहरु एक कार्यक्रमकाबीच हस्तान्तरण गरेको हो । सो सामग्रीहरु बैंकका अध्यक्ष सुशिल गौचनले विद्यालय व्यवस्थापन समितिका अध्यक्षरुद्रनाथ अधिकारीलाई हस्तान्तरण गरेका थिए ।

सहयोग गरिएका समाग्रीहरुमा १५ जनासम्म बस्न मिल्ने पाँच वटा सोफा, दुई वटा अफिस टेवल तथा कार्पेट लगाएतका सामाग्रीहरु रहेका थिए । बैंकले यस सहयोगबाट विद्यालयको शैक्षिक उन्नयनमा टेवा पुग्ने विश्वास लिएको छ ।

बैंकका अध्यक्ष सुशिल गौचनको अध्यक्षतामा भएको कार्यक्रममा बैंकका सञ्चालक किशोर ओझा, प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापालगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष गौचनले विद्यालयलाई आवश्यक भएको फर्निचर सामग्री सहयोग गर्न पाउँदा खुशी लागेको बताए । बैंकले सामाजिक क्षेत्रमा गरेको योगदानले समाजका विभिन्न तहका समुदायहरु लाभान्वीत भई रहदा बैंक स्वयंको गरिमा बढेको महशुस भएको उनले बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत थापाले गण्डकी विकास बैंक नेपाल अधिराज्यभर सशक्त शाखा सञ्जाल भएको विकास बैंक भएको र बैंकले प्रदान गर्ने सेवा एवं सुविधाहरु विशिष्टकृत रहेको बताए । उनले बैंकका अन्य गतिविधिका विषयमा समेत प्रकाश पार्दै पोखराको समिपमा रहेको सामुदायीक विद्यालयलाई यसरी सहयोग गर्न पाउनु अवसर भएको बताए ।

विद्यालयका प्राचार्य शिवराज अधिकारीले विद्यालयको गतिविधिबारे प्रकाश पारेका थिए भने व्यवस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीले बैंकले प्रदान गरेको सहयोग प्रति आभार व्यक्त गर्दै विद्यालयको उन्नयन एवं विकासका लागि आगामि दिनमा समेत बैंकले यस प्रकारको सहयोग पु¥याउने आशा व्यक्त गरे । कार्यक्रमको संचालन बैंकका सामान्य प्रशासन विभाग प्रमुख मोहन गिरीले गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>