मौसम

आज मेघ गर्जनसहित वर्षा हुने,यस्तो छ तीन दिनको मौसम पूर्वानुमान ?

Banner

चितवन,फागुन १४-

जल तथा मौसम पूर्वानुमान महाशाखाले आजबाट तीन दिन देशका मध्य तथा पूर्वी भूभागका साथै पश्चिमी पहाडी भूभागका केही स्थानहरुमा मेघ गर्जन,चट्याङ सहित वर्षाको सम्भावना रहेको जनाएको छ । हाल देशका पूर्वी तथा पश्चिमी भूभाग नजिक बनेको न्युन चापिय प्रणाली तथा पश्चिमी वायुको प्रभावले मेघ गर्जन तथा चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो ।

देशको पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ साथै थोरै स्थानमा मेघ गर्जन,चट्याङ सहित हल्का वर्षा भइरहेको समेत मशाखाखाले जनाएको छ । बाँकी स्थानमा भने आंशिक देखि सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन १४ गते (बुधबार)

दिउँसोः देशको पूर्वी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पश्चिमी भू-भागमा आंशिक देखी सामान्य बदली रहनेछ। देशको पूर्वी भू-भागका केही स्थानहरूमा र मध्य र पश्चिमी भू-भागका पहाडी भेगका थोरै स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

रातीः देशको मध्य भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहनेछ। मध्य र पश्चिमी तराईका एक-दुई स्थानहरुमा मेघ गर्जन् र चट्याङ सहित वर्षाको सम्भावना रहेको छ ।

फागुन १५ गते (बिहिबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको मध्य र पश्चिमी भेगमा आंशिक बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

फागुन १६ गते (शुक्रबार)

दिउँसोः देशको पहाडी भेगमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातीः देशको पश्चिमी भू-भागमा सामान्य देखी पूर्ण बदली रहि मध्य र पूर्वी भू-भागमा आंशिक बदली रहनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>