राजनीति
मधेस प्रदेशसभा बैठक बस्दै

जनकपुरधाम, असार १७-
मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३र८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।
विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ः०० बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिनुभयो । प्रदेशसभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेकोे उहाँले बताउनुभयो ।
मधेस प्रदेश सरकारले आगामी आव २०८३र८४ का लागि रु ४१ अर्ब १३ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३र८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै रु ४१ अर्ब १३ करोड ८६ लाखको बजेट प्रस्तुत गर्नुभएको थियो । रासस


























