देश/प्रदेश
तिलोत्तमा नगरपालिका प्रमुखसहितको टोलीलाई चितवनमा स्वागत

चितवन फागुन १३
भ्रमण वर्ष २०२० को प्रवद्र्धन र सफल बनाउन भ्रमणमा निस्केका रुपेन्देही तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेसहितको टोलीलाई चितवनमा भव्य स्वागत गरिएको छ ।
साइकल तथा सरसफाइ अभियन्ता रुक्मिणी सापकोटाले तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेसहित सम्पूर्ण सहभागीहरुलाई चितवनमा आइतबार स्वागत गरेकी हुन ।
कार्यक्रममा उपमेयर जागेश्वरी चौधरी लगायत प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद शर्मा, नेकपा जिल्ला नेता लक्ष्मण खनाल, नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री तथा वडा नं.१ देखि ७ का वडा अध्यक्ष एवम् कार्यपालिका सदस्य, लेखा अधिकृत रमेश बस्याल, प्रेस सल्लाहकार, विपी गौतम र पर्यटन प्रवद्र्धन समिति सदस्यहरु पनि उपस्थिती रहेको थियो ।
चितवनको पोखरा बसपार्कस्थित होटल सतनचुलीमा भएको सो कार्यक्रममा चितवन नवलपुर पानी उद्योग संघ तथा सरसफाई र वातावरण संस्था वे गु्रपको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपाल वोटल वाटर उद्योग संघ केन्द्रीय उपाध्यक्ष श्री सोमप्रसाद काप्रीले गरेका थिए ।
उक्त कार्यक्रममा बोल्दै साइकल तथा सरसफाई अभियन्ता रुक्मिणीले वे गुप्रबाट आफू प्रभावित रहेको र तिलोत्तमा नगरपालिकाको सरसफाई अभियान देखेर धेरै खुसी भएको जानकारी दिएकी थिइन।
कार्यक्रममा तिलोत्तमा नगरपालिका मेयर वासुदेव घिमिरेले साइकल तथा सरसफाई कार्यक्रमलाई बृहत रुपमा गराउन सुझाव दिएका थिए ।
मेयर घिमिरेले वे गुप्र टोलबाट सुरु भई अहिले राष्ट्रव्यापी भएकोमा बधाई दिँदै तिलोत्तमा नगरपालिका हातेमालो गर्न तयार रहेको बताए ।
























