क्रिकेट

नेपाली राष्ट्रिय क्रिकेट टोली बिहीबार थाइल्याण्ड जाँदै

Banner

काठमाडौं, फागुन १३-

एसीसी ईस्टर्न रिजन टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको नेपाली राष्ट्रिय टोली बिहीबार थाइल्याण्ड प्रस्थान गर्ने भएको छ ।

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले पहिलो खेल फागुन १७ गते मलेसियासँग र दोस्रो खेल १८ गते हङकङसँग खेल्नेछ । २१ गते थाइल्याण्डसँग तथा अन्तिम खेलमा २३ गते सिंगापुरसँग भिड्ने जानकारी छ ।

राष्ट्रिय टोलीमा भुवन कार्कीले पुनरागमन गर्दा नियमित सदस्य रोहित कुमार पौडेल बाहिर छन् । भुवन कार्कीले सन् २०१५ यता टोलीमा स्थान बनाउन सकेका थिएनन् । भुवनले पछिल्लो पटक नामिबियामा भएको आईसीसी डिभिजन–२ खेलेका थिए । किशोर महतो पहिलो पटक टिममा परेका हुन् ।

इस्टर्न र वेस्टर्न रिजनबाट छनोट भएका २–२ टोलीले मलेसियामा अगस्टमा हुने एसिया कप टी–२० को छनोटमा भाग लिनेछन् । टी–२० एसिया कप सेप्टेम्बर २०२० मा पाकिस्तानमा हुनेछ । एसिया कपका लागि भारत, पाकिस्तान, अफगानिस्तान, बङ्लादेश र श्रीलंका सिधै छनोट भएका छन् ।

नेपाली टोलीमा ज्ञानेन्द्र मल्ल (कप्तान), पारस खड्का, दिपेन्द्र सिंह ऐरी (उपकप्तान), आरिफ शेख, बिनोद भण्डारी, सन्दीप लामिछाने, करण केसी, अभिनास बोहरा, कुशल मल्ल, पवन सरार्फ, सुशन भारी, किशोर महतो, भुवन कार्की र सन्दीप जोरा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>