देश/प्रदेश

काठमाडौंमा दोस्रो राष्ट्रिय थारु फगुवा महोत्सव हुने

Banner

काठमाडौं, फागुन १३–

संघीय राजधानी काठमाडौंमा दोस्रो राष्ट्रिय थारु फगुवा महोत्सव–२०७६ हुने भएको छ ।

थारु युवा सभा ,घूङी अनलाइन र जह इन्टरटेन्मेन्टको संयुक्त आयोजनामा था फगुवा महोत्सव हुन लागेको हो । फगुवा महोत्सवलाई सफल बनाउन थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधारी संयोजकको भूमिकामा छन् । काठमाण्डौमा बसोबास गर्ने थारुहरुलाई एकताबद्द गरी थारुहरुको हकहित अधिकारको रक्षाको लागि प्रोत्साहन गर्ने तथा थारुहरुको मौलिक कला संस्कृतिलाई प्रवद्र्धन गर्ने, अन्य समुदायसँग संस्कृती आदन प्रदान गर्ने उदेश्यले गतवर्षदेखि फगुवा महोत्सव सुरु भएको हो ।

यसवर्षको महोत्सवलाई थप परिमार्जित र भव्य बनाउनका लागि थारु युवा सभासँग सहकार्य गरिएको पहिलो राष्ट्रिय थारु फगुवा महोत्सवका संयोजक चन्चल चौधरीले बताए । महोत्सव फागुन २६ गते ब्वाइज युनियन क्लबको खेलकुद मैदान, त्रिपुरेश्वोरमा हुदैंछ ।

महोत्सवमा विभिन्न थारु कलाकार तथा गायकगायिकाहरूको मनोरन्जनात्मक प्रस्तुतिहरू रहने आयोजकले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>