धादिङ

टायर पड्किएर ट्रक त्रिशुली नदीमा खस्यो, चालकको ज्यान गयो

Banner

धादिङ, फागुन ११–

धादिङमा आज विहान टायर पड्किएर ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

विहान ३ः२० बजेको समयमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ ज्यामिरेघाट स्थित पृथ्वी लोकमार्गमा वीरगञ्जबाट बनेपातर्फ जादै गरेको ना ५ ख ३७७७ नं. को शालिमार सिमेन्ट बोकेको ट्रक सडकबाट अन्दाजी एक सय मिटर तल त्रिशुली नदीमा खसेको थियो । टायर पड्किएर आफै अनियन्त्रित भइ नदीमा खस्दा ट्रकका चालक मकवानपुर भिमफेदी गाउँपालिका २ भैसे बस्ने ४६ वर्षीय बिखे थोकरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

चालक थोकरको उपचारको क्रममा आज विहान ५ः१० बजेको समयमा गजुरी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा घाइते भएका सहचालक सप्तरी रुपनगर बस्ने १८ वर्षीय राजेश विकको धादिङस्थित गजुरी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

फोटोः फाइल

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>