नवलपरासी

मुख्यमन्त्री पौडेललाई भेट्न पतञ्जलीका आचार्य बालकृष्ण हेटौंडामा

Banner

हेटौंडा, फागुन ५-

वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलसँग आयुर्वेदका ज्ञाता तथा पतञ्जली योगपीठका आचार्य बालकृष्णले भेटेका छन् ।

मुख्यमन्त्री कार्यालय हेटौंडामा भएको भेटवार्ताका क्रममा मुख्यमन्त्री पौडेलले नेपालमा जन्मेर आयुर्वेदको क्षेत्रमा विश्वर्चिर्चत बन्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आचार्य प्रति आफूले गर्व गर्ने गरेको बताए । पौडेलले आयुर्वेदको विद्वत्वलाई आफ्नो जन्मभूमिको समृद्धिमा समेत प्रयोग गर्न अनुरोध गरे । उनले वाग्मती प्रदेश सरकार प्रदेशको जडिबुटीहरुको अध्ययन अनुसन्धान गरेर त्यसबाट लाभान्वित हुन इच्छुक रहेको बताउँदै त्यसका लागि वातावरण निर्माण गर्न तयार रहेकोले लगानी भित्र्याउन अनुरोध गरे । आयुर्वेदमा नेपालीको विश्वास बढ्दै गएको सन्दर्भमा यसको महत्व झन् बढेको बताए ।

जवाफमा आचार्य बालकृष्णले नेपालमा रहेका बहुमुल्य जडीबुटीहरु अन्यत्रबाटै किनेर त्यसबाट आफूहरुले औषधि बनाएर नेपालमा नै पठाइरहेको बताउँदै नेपालमै उद्योग वा प्रशोधन केन्द्रहरु खोल्न सके देशले बढी आम्दानी गर्न सक्ने उल्लेख गरे । उनले नेपालका बहुमुल्य जडिबुटीहरुको अवैज्ञानिक दोहन भइरहेको समेत बताए । जडिबुटी उखेल्ने काम भएको तर त्यसको बदलामा वृक्षरोपण वा त्यसको वृद्धि विकासका कुनै पनि काम नभएको उनको भनाइ थियो । त्यसो हुँदा अघिल्लो वर्ष प्रशस्त पाइरहेको जडिबुटीहरु अर्को वर्ष कम र अझ अर्को वर्ष झन झन कम हुँदै गएको पाइएकोले त्यसतर्फ बेलैमा सोच्न जरुरी रहेको उनको धारणा थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>