समाज

१० बर्षे जनयुद्धको २५ औं दिवस आज,विभिन्न कार्यक्रम गरी मनाइँदै 

Banner

काठमाडौं,फागुन १-

तत्कालिन नेकपा माओवादी नेतृत्वमा २०५२ साल फागुन १ गतेदेखि शुरू भएको १० बर्षे जनयुद्धको २५ औं दिवस आज मनाइँदैछ। जनयुद्ध शुरू भएको दिनलाई स्मरण गर्दै पूर्वमाओवादीबाट विभाजन भएका, जनयुद्धमा संलग्न नेता-कार्यकर्ता र शहीद परिवारले यो दिवस मनाउने गर्छन्। सिन्धुली र गोरखालगायत केही जिल्लाका बैंक तथा प्रहरी पोष्टहरु कब्जा गर्दै शुरू भएको जनयुद्धकै कारण नेपालमा राजतन्त्रको अन्त्य भएको थियो। द्धन्द्धरत माओवादी तथा संसदवादी सात राजनीतिक दलहरुबीचको सम्झौता पश्चात २०६२/६३ मा भएको जनआन्दोलनबाट प्रतिनिधिसभा पुनर्स्थापना भएको थियो।

जनयुद्धको नेतृत्व गरेका तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साविकको एमालेसँग पार्टी एकीकरणपश्चात हाल सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष छन्। १० बर्षसम्म चलेको हिंसात्मक शसस्त्र विद्रोहका क्रममा करिब १७ हजार नेपालीहरुले ज्यान गुमाएको थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>