खेलकुद
आरम्भ कलेजमा ‘फ्री फायर’ प्रतिष्पर्धा, ‘सेफ’ समूहले जित्यो उपाधि
०

चितवन, असार १५–
चितवनको भरतपुरस्थित आरम्भ कलेजले विद्यार्थी लक्षित विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्दै आइरहेको आइटी र होटल व्यवस्थापन विषयमा अध्यापन गराउँदै आइरहेको यस कलेजले विद्यार्थीहरुलाईको क्षमता प्रस्फुटन गर्न इ–स्पोर्टस् ‘फ्री फायर’ प्रतियोगिता गरेको छ ।
मोबाइलबाट खेलिने यस खेलको प्रतियोगिता कलेजले सोमबार गरेको हो । कलेज भित्रकै कुल ७ समूह प्रतिष्र्धामा ‘सेफ समूह’ले जित हात पारेको छ । यो समूहमा बीएचएम पढ्दै गरेका पुजन गुरुङ, मुकेश गुरुङ, लखन चौधरी र अनिश चौधरी रहेका थिए । उनीहरुले नगद ४ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।
विद्यार्थीको कला प्रस्तुतीका लागि यो इ–स्पोर्टस्को आयोजना गरिएको कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























