चितवन विशेष

असार १५ मा सहन प्रधानको ‘असारे पानी साउने झरी’ गीत सार्वजनिक (भिडियो)

Banner

चितवन, असार १५–

चितवनका गायक तथा सङ्गीतकार सहन प्रधानले असार १५ को दिन पारेर ‘असारे पानी साउने झरी’ बोलको गीत बजारमा ल्याएका छन् ।

दीपक प्रधानले लेखेको उक्त गीतमा रामचन्द्र काफ्लेले स्वर भरेका छन् । सङ्गीतकार सहन प्रधानका अनुसार उक्त असारे गीतमा नेपाली मौलिक संस्कृति तथा पारम्परिक बाजाहरूको सम्बद्र्धन तथा जगेर्ना गर्नुपर्छ भन्ने हेतुले नेपाली मौलिक पारम्परिक बाजाहरु पन्चेबाजा, नर्सिङगा, धिमे,भुस्या, सारङ्गी आदि प्रयोग गरिएका छन् । सो गीतको सङ्गीत संयोजन विशाल गुरुङले गरेका हुन् ।

हिलोसँगको हाम्रो माया, खेतको हरियाली र किसानको अथक परिश्रममा समर्पित असार १५ को रमाइलोलाई थप रमाइलो गर्नको लागि द रेबल क्रियशनले ‘असारे पानी साउने झरी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको हो । उक्त म्युजिक भिडियोमा सन्दीप लोहनी, बिना राउत लगायतका कलाकारको अभिनय रहेको छ। भिडियोको निर्देशन शुभम भुजेलले गरेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>