समाज
पतिकै अगाडि पत्नीको बलात्कार, १२ वर्षपछि पक्राउ परे आरोपित
०
काठमाडौं फागुन १-
पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधवार पक्राउ परेका छन् । घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वर्षपछि पक्राउ परेको सप्तरीका डीएसपी तिलक भारतीले जानकारी दिए ।
उनका अनुसार अर्का अभियुक्त दुधियावाला भनिने खटर यादव भने फरार रहेका छन् । पीडितले ढिलै भएपनि न्याय पाउने सम्भावना बढेको बताएका छन् । ‘बगेको खोला १२ वर्षमा फर्कन्छ भन्थे, हो रहेछ, १२ वर्षपछि अभियुक्त पक्राउ परे,’ पीडित दम्पतीले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























