Uncategorized

नेपाल–इजरायल साझेदारीमा जोड

Banner

काठमाडौँ,  माघ  २९-
इजरायलको भ्रमणमा रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले मङ्गलबार त्यहाँका पर्यटनमन्त्री यारिभ लेभिन र कृषिमन्त्री टेत्ची हानेग्बीसँग बेग्लाबेग्लै भेटवार्ता गरेर दुवै पक्षबीच पर्यटन र लगानी प्रवद्र्धनमा जोड दिएको छ ।

तेलअविवस्थित नेपाली राजदूतावासका अनुसार दुवै देशका मन्त्रीबीच नेपाल–इजरायल प्रत्यक्ष हवाई सम्पर्क स्थापनाका साथै कृषि प्रविधि, सीप हस्तान्तरणलगायत विषयमा विचारविमर्श भएको थियो । मन्त्री भट्टराईले इजरायली अधिकारीहरुलाई नेपाल भ्रमण गर्न आमन्त्रण गर्नुभएको छ । प्रत्युत्तरमा इजरायली अधिकारीहरुले सकारात्मक जवाफ दिएका थिए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>