क्रिकेट

अमेरिकाविरुद्ध नेपालको ८ विकेटको कीर्तिमानी जित

Banner

काठमाडौं, माघ २९–

आईसीसी वल्र्ड क्रिकेट लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी भएको छ । ओमान, नेपाल र अमेरिकाबीचको ऋंखलाको अन्तिम खेलमा नेपालले शानदार कीर्तिमानी जित हासिल गरेको हो ।

अमेरिकाले दिएको ३६ रनको झिनो लक्ष्य पछ्याएको नेपाल ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा ग¥यो । नेपाललाई जितका लागि ६ रन आवश्यक हुँदा दीपेन्द्र सिंह ऐरीले छक्का प्रहार गरेका थिए । पारस खड्का २० र दीपेन्द्र सिंह ऐरी १५ रनमा नटआउट रहे । नेपालका दुवै ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल आज पनि चल्न सकेनन् । नेपालको स्कोर १ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्ल १ रन बनाएर केन्जीगेको बलमा बोल्ड आउट भए भने सुवास खकुरेल केन्जीगेको बलमा नै खाता नखोल्दै बोल्ड आउट भए । नेपालले २ रनको अवस्था २ विकेट गुमाएको थियो । त्यसपछि आएका पारस र दीपेन्द्रले नेपाललाई जित दिलाएका थिए ।

अमेरिकाका लागि केन्जीगेले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले व्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रनमै अलआउट हुन पुग्यो । अमेरिकाका लागि मार्सलले १६ रन बनाउनु बाहेक अन्य व्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । अमेरिकाका पारी धरासयी बनाउन नेपालका ग्लोबल आइकन सन्दीप लामिछानेले ६ ओभर बलिङ गर्दै १ मेडनसहित ६ विकेट हात पारे । उनले १६ रन खर्चिए।

यस्तै अर्का स्पिनर सुसन भारीले पनि ३ ओभरमा एक मेडनसहित ४ विकेट लिए । सुसनले मात्र ५ रन खर्चिए । एकदिवसीय क्रिकेटमा सबैभन्दा कम योगफल बनाउनेमा अमेरिका दोस्रो राष्ट्र भएको छ । यसअघि सन् २००४ मा जिम्बाबेले श्रीलंकाविरुद्ध ३५ रन बनाएको थियो । त्यसको १५ वर्षपछि नेपालले बराबरी रेकर्ड बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>