देश/प्रदेश

सिन्धुपाल्चोकमा देखियो कोरोनासंग मिल्ने लक्षण, स्थानीयमा त्रास

Banner

सिन्धुपाल्चोक, माघ २९–

चीनबाट फैलिन सुरु गरिएको कोरोना भाइरसको जस्तै लक्षण नेपालमा पनि देखिन थालेपछि त्रास फैलिएको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरससंग मिल्ने लक्षणले अहिले त्रास फैलाएको छ । सो गाउँपालिकाको वडा नम्बर ३ गुम्बागाउँका एक सय भन्दा बढी स्थानीय रुघा, खोकी र ज्वरोले थलिएका छन् ।

गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले गुम्बा बस्तीका स्थानीयमा कोरोना भाइरसको लक्षणसँग मेल खाने संकेत देखिएकोले त्रास फैलिएको बताए । विगत दुई हप्तादेखि सामान्य रुघा, खोकीले थलिएका उनीहरुको अवस्था अहिले गम्भीर रहेको अध्यक्ष श्रेष्ठले बताए । चेकजाँच नै नगरि यो नै हो भन्न सक्ने अवस्था नरहेको बताउदै उनले केहि विमारीको अवस्था उद्वार गर्न पनि नसकिने अवस्था भैसकेको समेत जानकारी गराए ।

बिरामीको संख्या बढेको र अवस्था गम्भीर बन्दै गएपछि विशेष टोली खटाइदिन जिल्ला स्वास्थ्य कार्यालय, सिन्धुपाल्चोक र वाग्मती प्रदेश सरकारलाई पत्र लेखे पठाई सकेकोे पनि उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>