अन्तर्राष्ट्रिय
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ९ सय पुग्यो, ४० हजार बढी संक्रमित
०

काठमाडौँ,माघ २६-
चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । चीनको हुबेई प्रान्तबाट फैलन सुरु गरेको यस भाइरसले हालसम्म ९ सय भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोना भाइरसबाटै अहिलेसम्म चीन बाहिर फिलिपिन्स र हङकङमा पनि एक एक जनाको मृत्यु भइसकेको छ । हालसम्म चीनमा मात्र ४० हजार बढी कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
यस भाइरस अहिलेसम्म विश्वका ३५ देशमा फैलिसकेको छ । चीनमा एक दिनमै ६ हजार भन्दा बढी कोरोना भाइरस संक्रमतिहरु भेटिएका छन् । यस भाइरसबाट अझै संक्रमतिहरुको मृत्यु हुने अनुमान लगाइएको छ । मृत्यु हुनेको संख्या बढ्दै गएपछि चीन सरकारले कडाई गरेको छ । चीनको वुहान सहरमा यातायात तथा बजार बन्द रहेका छन् । चीनको वुहानमा रहेका कुनै पनि विदेशीलाई आफ्नो मुलुक जान रोक लगाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























