देश/प्रदेश
मेलम्चीमा प्रहरीमाथी आक्रमण ,दुई प्रहरी घाइते
०

मेलम्ची, माघ २५-
अज्ञात समूहले खाल्डे प्रहरी चौकीमा गए राति आक्रमण प्रयास गरेका गरेका छन् ।
मेलम्ची नगरपालिका र पाँचपोखरी थाङ्पाल गाउँपालिकाको सीमानामा अवस्थित सो चौकीमा मोटरसाइकलमा आएका १०/१२ समूहले आक्रमण गर्दा दुई प्रहरी घाइते भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिउ ।
घाइते प्रहरी सहायक निरीक्षक सन्तोषकुमार झालाई थप उपचारार्थ काठमाडौँ लगिएको र प्रहरी हवल्दार हरिबहादुर मगरको मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए ।
आक्रमणकारी मध्येका एक सुनखानीका सोम थिङ लाई प्रक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको निरीक्षक तामाङले जानकारी दिए । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























