देश/प्रदेश

चीनमा रहेका नेपालीका अभिभावकले गरे तत्काल उद्धार गर्न माग

Banner

काठमाडौं माघ, २३

चीनमा रहेका आफ्ना छोराछोरी र आफन्तलाई तत्काल उद्धार हुनुपर्ने माग गर्दै अभिभावकले आफन्तहरूको गरेका छन् । बिहीबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेका उनीहरुले तत्काल उद्धार गरी नेपाल ल्याउन माग गरेका हुन् ।

मन्त्रालयमा पुगेका ३० जना अभिभावकले चीनमा आफ्ना छोराछोरीले सुरक्षित नभएको बताएका छन् । घरमा झ्याल ढोका बन्द गरेर बस्नुपरेको र खानेकुरासमेत नपाएको अभिभावकहरुले बताएका छन् ।

चीनमा रहेका नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण नभएता पनि घरभित्र थुनिएर बस्नुपर्दा लजिस्टिक समस्याहरु पर्न थालेको र सबैलाई चीन सरकारले खानपिनको सुविधा नदिएकाले खर्च सकिन लागेको भन्दै नेपालमा रहेका अभिभावकहरुले चिन्ता प्रकट गरेका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>