देश/प्रदेश

अध्यक्ष प्रचण्ड र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

Banner

काठमाडौँ, माघ २३-

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्यका (बेलायत) नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन।

खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देश बीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिएका थिए ।

उनको निजी सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री प्रचण्डले भने, “तपाईँको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु, नेपालको आर्थिक समृद्धिको अभियानमा रहेको छ, देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको छ ।”
भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताइन। रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>