अन्तर्राष्ट्रिय
केन्याका पूर्वराष्ट्रपति ड्यानियलको निधन
०

एजेन्सी, माघ२१-
केन्याका पूर्वराष्ट्रपति ड्यानियल आराप मोईको ९५ वर्षको उमेरमा आज निधन भएको छ । मोईको निधनमा राष्ट्रपति कार्यालयले गहिरो दुःख व्यक्त गदै विज्ञप्ती जारी गरेको छ ।
केन्याको राजनीतिमा उनको महत्वपुर्ण योगदान रहेको भन्दै उनको निधनमा केन्या स्तब्ध भएको जनाएको छ । केन्याको दोस्रो राष्ट्रपति बनेका उनले सन् १९७८ देखि २००२ सम्म २४ वर्ष शासन गरेका थिए । केन्याका गृहमन्त्री समेत रहेका मोईको जन्म सन् १९२४ सेप्टेम्बर २ मा केन्याको साचो बारिङ्गोमा भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























