लुम्बिनी

बाँकेजमुनाहामा ‘कोरोना हेल्थ डेस्क’

Banner

बाँके,  माघ २०-
कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहामा ‘हेल्थ डेस्क’ आइतबारदेखि सञ्चालनमा ल्याइएको छ ।
सो सीमानाका हुँदै नेपाल भित्रिनेमा सो भाइरसको सङ्क्रमण भए नभएको जाँच गरिने नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए ।
डेस्कमा दुई जना स्वास्थ्यकर्मी खटाइएको छ । विशेष गरी डेस्कले ज्वरो आएका, रुघाखोकी लागेका र शङ्कास्पदको स्वास्थ्य परीक्षण गर्ने छ । यसका लागि दुईवटा इन्फारेड थर्मोमिटर प्रयोग गरिने जनाइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>