Uncategorized

बालविवाह नगराउने प्रतिबद्धता

Banner

दार्चुला, माघ १६ – बालविवाहको लागि तस्बिर परिणामबालविवाहको लागि तस्बिर परिणामबालविवाहको लागि तस्बिर परिणाम
मालिकार्जुन गाउँपालिका–८ का हरीना धामीले आफ्नो छोरीको बालविवाह नगराउने प्रतिबद्धता गरेका छन् । गाउँपालिकाले बालविवाह रोक्न बोलाएको छलफलमा सहभागी हुँदै धामीले छोरीको बिहे उमेर पुगेपछि मात्रै गराउने प्रतिबद्धता गरेको हो ।

नाबालक छोरीको बिहे हुन लागेको भन्दै शङ्करपुर माविमा गठित बालक्लबमा उजुरी परेपछि गाउँपालिकाले आमाबुबालाई छलफलका लागि बोलाएको थियो । यही माघ ९ गते बालक्लबले धामीकी १५ वर्षीया छोरीको महाकाली नगरपालिका–९ सकारका १५ वर्षीय बालकसँग गराउने तयारी भएको भन्दै बालविवाह रोक्न गाउँपालिकालाई पत्राचार गरेको थियो ।

बालक्लबका अध्यक्ष दीपक धामीका अनुसार बालिकाले आफ्नो बिहे जबर्जस्ती आमाले गर्न खोजेको भन्दै सो क्लबमा खबर गर्नुभएको थियो । बालिकाको बिहे जबर्जस्ती गराउने खबर पाएपछि आफूहरुले बालसञ्जाल समितिमा निवेदन दिएको उनले बताए । बालिकाको आगामी वैशाखमा बिहे गराउने तयारी थियो ।

बालिकाकी आमा हरिनाले केटा पक्षबाट छोरी माग्न आएको स्वीकार गर्दै बिहे गराउने मिति भने तय नभएको बताउनुभयो । “छोरी माग्न आएकै हुन्, तर छोरी दिने सहमति भएको थिएन”, बैठकमा उनले भने, “छोरीको उमेर पुगेको छैन, अहिले कक्षा ७ मा अध्ययनरत छ, म छोरीको बिहे उमेर पुगेपछि मात्रै गराउने प्रतिबद्धता गर्छु ।”

गाउँपालिकाले बालविवाह अन्त्यका लागि स्थानीय रणनीति २०७६ तयार गरेको छ । गाउँपालिकाभित्र बालविवाह अन्त्य गर्ने लिइएको लक्ष्यअनुसार बालविवाह गर्न नहुने भन्दै अहिले बालक्लब सक्रिय भएको क्लबका अध्यक्ष धामीले बताए । गाउँपालिकाले विसं २०७८ भित्र बालविवाह मुक्त गाउँपालिका घोषणा गर्ने गरी रणनीति बनाएको छ । गाउँपालिकाले ‘बालविवाह मुक्त बालबालिका, समृद्ध गाउँपालिका’ भन्ने मूल नाराका साथ अभियान थालनी गरेको छ । मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ ले बिहे गर्ने उमेर २० वर्ष तोकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>