Breaking News

जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै नराम्रो काम गरेका छैनौँः ओली

Banner

काठमाडौं, असार १४-

नेकपा एमालेको अध्यक्ष केपी ओलीले जनता असन्तुष्ट हुनुपर्ने गरी आफूहरूले कुनै नराम्रो काम नगरेको जिकिर गरेका छन्।

जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जनतामा भ्रम छरिएको उनको भनाइ थियो।

उनले भने, ‘हामीहरूमाथि अनेक प्रकारका आरोपहरू गढिए। जनता असन्तुष्ट हुनुपर्ने गरी हामीले कुनै बदमासी, कुनै नराम्रो काम गरेकै छैनौँ। हाम्रा कमीहरू रहे, कतिपय कमीहरू रहे, कमजोरीहरू रहे, हामी आत्मसमीक्षा गरौँला, तर हामीले देश बर्बाद पार्‍यौँ भन्ने भाष्य गलत हो। बर्बाद पारेनौँ, अगाडि बढायौँ।’

उनले आफूहरूले विकास निर्माणको काम अघि बढाएको जिकिर गरे।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>