देश/प्रदेश

चलचित्र ‘सेन्टी भाइरस’को आम्दानी गौतमबुद्ध क्रिक्रेट रंगशाला निर्माणमा

Banner

चितवन, माघ १६-

गौतमबुद्ध क्रिक्रेट रंगशालाको निर्माणमा खटिएका अभिनेता सीताराम कट्टेल (धुर्मुस) र अभिनेत्री कुञ्जना घिमिरे (सुन्तली)ले नयाँ चलचित्र  ‘सेन्टी भाइरस’ निर्माण गरेका छन् । फागुन ९ बाट सिनेमा हलमा प्रदर्शन हुने यो चलचित्रका नाफाको आधा रकम ‘गौतमबुद्ध क्रिक्रेट रंगशाला’को निर्माणमा खर्च गर्ने कट्टेल बताएका छन् ।

बुधबार काठमाडौँमा चलचित्र सेन्टी भाइरसको ट्रेलर रिलिजका क्रममा अभिनेता एवं यस चलचित्रका निर्माता कट्टेलले यस्तो जानकारी गराएका हुन्,‘अहिले बिहान ६ बजेदेखि राति १० बजेसम्म म र हामी सबै आफ्ना परिवारको अन्य सुख छोडेर चितवनमा गौतम बुद्ध क्रिकेट रंगशालाको निर्माणमा जुटेका छौं ।’

उनले भने ‘यसै क्रममा आर्थिक संकलनमा लाग्न नसकेका कारण हामीले निर्माण गरेको चलचित्र एन्टीभाइरसको नाफाको आधा रकम यो रंगशालामा खर्च गर्ने निर्णयमा पुगेका हौं ।

कट्टेलका अनुसार फिल्ममा अरूको पनि लगानी रहेको छ । जसमध्येबाट आफू र कुञ्जनाको सेयरअन्तर्गत कुल नाफाको आधा रकम रंगशालामा खर्च गर्न लागिएको पनि अभिनेता कट्टेलले बताएका छन् ।

त्यसैले चलचित्र सेन्टी भाइरस हेरेर सो टिकटको पैसाबाट दर्शकले यो सामाजिक कार्यलाई साथ दिनका लागि पनि अभिनेता कट्टेलले अनुरोध गरेका छन् ।

ट्रेलर रिलिज समारोहमा निकै भावुक हुँदै अभिनेता कट्टेलले भने,‘यो रंगशाला निर्माणको क्रममा सानी छोरी, श्रीमती र परिवारका सबै सदस्यलाई घरमा छाडेर म १६ घण्टासम्म मजदुर साथीसँग मैदानमा खटिरहेको छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>