देश/प्रदेश

धनुषा दुर्घटनामा दुईको मृत्यु

Banner

धनुषा,  माघ १५-

धनुषामा आज भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएअनुसार बोलेरो र मोटरसाइकल ठोक्ँिकदा एक महिला र एक पुरुष गरी दुईजनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय जोगेन्द्र साह र उनकी पत्नी ४० वर्षीया प्रमिला साहको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकमा सवार साहका नौ वर्षीय छोरा जोन साह सामान्य घाइते भएको धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए । पूर्व–पश्चिम राजमार्ग खण्डमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६४ प ३०४८ नंको मोटरसाइकल र विपरीत दिशातर्फबाट आउँदै गरेको स१च १८५८ नंको बोलेरो ठोक्ँिकदा घटनास्थलमा नै दुवैजनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले जनाए ।

मृतक श्रीमान्–श्रीमती दुवैको शव जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याइएको छ । ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>