देश/प्रदेश
सुर्खेतमा मोटरसाइकललाई टिप्परले ठक्कर दिँदा एक जनाको ज्यान गयो
०

सुर्खेत – सुर्खेतमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
सुर्खेतको विरेन्दनगरमा आज बिहान टिप्परले ठक्कर दिँदा कालिकोट महावै गाउँपालिका ३ का २० वर्षीय केशर सिंहको ज्यान गएको हो । सिंह सवार भे १ प २१७८ नम्बरको मोटरसाइकललाई भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिएको थियो । सिंहलाई टिप्परले किचेर झण्डै २० मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलले टिप्पर र चालकलाई नियन्त्रणमा लिएको जानकारी दिए। सिंहका आफन्तले अहिले जुम्ला सडकको यरिचोक र गौतम चोकमा आर्कोशित हुुँदै टायर बालेर प्रर्दशन गरिरहेका छन्
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























