समाज

रिहा भएपछि मनाङ्गेले भने– हिरासतमा मज्जाले सुतेँ,अब रक्सी खानुपर्ला

Banner

 पोखरा  माघ,१२-

अभद्र व्यवहार मुद्दामा प्रहरी हिरासतमा रहेका सांसद दीपक मनाङ्गे आइतबार दिउँसो ६ हजार रुपैयाँ धरौटीमा रिहा भए । रिहा भएपछि पत्रकारलाई प्रतिक्रिया दिँदै उनले हिरासत बसाइका क्रममा आफूले आराम गर्न पाएको बताए । हिरासत बसाइ कस्तो भयो भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मलाई मजै लाग्यो, रेस्ट गर्न पायो नि, दुई दिन मज्जाले सुतेँ, अब रक्सीसक्सी खानुपर्ला, भित्र (हिरासतमा) खान पाउँदैन नि त !’

फुटबल खेलसम्बन्धी विवादमा अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेको आरोपमा मनाङ्गे पक्राउ परेका थिए । गुरुङबारे टिप्पणी गर्दै सांसद मनाङ्गेले सामान्य विषयलाई राजनीतिकरण गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>